२ असोज, २०८१ बुधबार
06:07:33 AM
१५ जेठ, २०७९
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा १०० वटा स्थानीय तहको सरसफाइ गुरुयोजना बनाउने भएको छ ।
अर्थमन्त्रीले संसदमा आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षमा १०० वटा स्थानीय तहको सरसफाइ गुरुयोजना बनाइने बताउनु भएको हो ।
यसैगरी विभिन्न शहरमा ढल निकासको व्यवस्था गर्न २ अरब् ४४ करोड रुपैयाँ विनियोजन गरिएको छ । यस्तै, शहरी खानेपानी आयोजनाका लागि ४ अर्ब ४४ करोड आयोजना विनियोजन गरिएको छ ।