२२ बैशाख, २०८१ शनिबार

06:42:25 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

निःशुल्क बिजुली उपलब्ध गराउने घोषणा

Nepal Business

१० जेठ, २०७९

आगामी आर्थिक वर्षदेखि लागू हुने गरी नागरिकलाई निःशुल्क विद्युत् उपल्ब्ध गराउने घोषणा गर्नुभएको हो ।

निःशुल्क बिजुली उपलब्ध गराउने घोषणा

ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष दिपेन पोमुले पालिकाभरिका नागरिकलाई विद्युत् महसुल छुट गर्ने घोषणा गर्नुभएको छ । 

सोमबार पदभार ग्रहण गर्दे उहाँले आगामी आर्थिक वर्षदेखि लागूहुने गरी नागरिकलाई निःशुल्क विद्युत् उपल्ब्ध गराउने घोषणा गर्नुभएको हो । 

गाउँपालिकाभित्रका नागरिकले सामान्य बिजुलीको बिल तिर्न जिल्ला सदरमुकाम फुङ्लिङ आउनुपर्ने बाध्यता रहेको भन्दै त्यसबाट छुटकारा दिलाउन यस्तो निर्णय गरेको पोमूले बताउनुभयो । यस्तै विद्युतीकरण हुन बाँकी रहेको गाउँमा पनि छिट्टै विद्युत् विस्तार गर्ने उहाँले जानकारी दिनुभयो । 

गाउँपालिकाभित्रका नागरिकले न्यूनतम विद्युत् महसुल तिर्न पनि सदरमुकाम पुग्नुपर्ने बाध्यता छ, अब सरकारी कार्यालय, उद्योग र सङ्घ संस्थाबाहेकको विद्युत् महसुल छुट हुनेछ, उहाँले भन्नुभयो ।

करिब २ हजार २ सय घरधुरी रहेको यस गाउँपालिकालाई उज्यालो पालिका बनाउने उहाँले योजना रहेको बताउनुभयो । 

उहाँले यसै आर्थिक वर्षभित्रै प्राविधिक अध्ययन गरी आगामी आवबाट लागू हुनेगरी पालिकाभरिका नागरिकलाई विद्युत् महसुल छुट दिने पहिलो निर्णय गर्नुभएको हो ।