९ मंसिर, २०८१ आइतबार
09:21:30 PM
१५ जेठ, २०७९
काठमाण्डौं । सरकारले विद्युत महशुलमा छुट दिने घोषणा गरेको छ । आइतबार अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९ /८० को बजेट सार्वजनिक गर्दै मासिक १० करोड रुपैयाँभन्दा बढी विद्युत् खपत गर्ने उद्योगलाई १५ प्रतिशतसम्म छुट दिने बताउनुभएको हो ।
उहाँले मासिक १० करोडभन्दा बढी विद्युत् खपत गर्ने उद्योगलाई महशुलमा २ देखि १५ प्रतिशतसम्म छुट दिन बताउनुभयो ।
यस्तै उहाँले उच्च निर्यात सम्भावना भएको क्लिङकर, सिमेन्ट, स्टील, फुटवेयर र प्रशोधित पानी तथा सूचना प्रविधिमा आधारित पहिचान गरी निर्यात प्रबर्द्धन गरिने र यस्ता वस्तुमा ८ प्रतिशतसम्म नगद अनुदान उपलब्ध गराइने बताउनुभयो ।