९ मंसिर, २०८१ आइतबार
09:34:38 PM
१५ जेठ, २०७९
सेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि रिभर फल्स पावर र प्रभु क्यापिटलबीच सम्झौता भएको छ ।
काठमाडौं । रिभर फल्स पावर लिमिटेडले सेयर रजिष्ट्रार नियुक्त गरेको छ । रिभर फल्स पावर लिमिटेडले सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो । सेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि रिभर फल्स पावर र प्रभु क्यापिटलबीच सम्झौता भएको छ ।
सम्झौतामा रिभर फल्स पावरका तर्फबाट सञ्चालक मित्रलाल श्रेष्ठ र प्रभु क्यापिटलको तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गर्नुभएको हो । २०७९ जेठ ९ गतेदेखि लागू हुने गरी रिभर फल्स पावरले प्रभु क्यापिटललाई सेयर रजिष्ट्रारमा नियुक्त गरेको हो ।
सेयर राजिष्ट्रारको रुपमा प्रभु क्यापिटलले रिभर फल्स पावरको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेजी गर्ने, नामसारी तथा रोक्का राख्ने एवं सेयरधनीहरुको लगत अद्यावधिक गर्ने लगायतका कार्यहरु गर्नेछ ।