८ मंसिर, २०८१ शनिबार

01:43:44 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

हकप्रद सेयर निष्कासनको अनुमति माग्दै २ कम्पनी धितोपत्र बोर्ड

१५ जेठ, २०७९

हकप्रद सेयर निष्कासनको अनुमति माग्दै २ कम्पनी धितोपत्र बोर्ड

काठमाडौं । हकप्रद सेयर निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) मा दुई जलविद्युत कम्पनीले आवेदन दिएका छन्।  हकप्रद सेयर निष्कासनको अनुमति माग्दै धितोपत्र बोर्डमा ङादी गु्रप पावर र बरुण हाइड्रोपावरले निवेदन दिएका हुन्। यी दुई कम्पनीलाई हालै विद्युत नियमन आयोगले हकप्रद सेयर निष्कासनका लागि स्वीकृति प्रदान गरेको थियो।

ङादी ग्रुप पावरले १ः१.५ अनुपातमा हकप्रद सेयर निष्कासनको अनुमति मागेको छ। बोर्डले  अनुमति दिएमा कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १ करोड ६ लाख ३ हजार ९८६ कित्ता हकप्रद सेयरधनीहरुलाई जारी गर्नेछ। यो हकप्रदको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।

त्यस्तै, बरुण हाइड्रोपावरले १ः१ अनुपातमा हकप्रद निष्कासनका लागि बोर्डमा अनुमति मागेको छ। बोर्डले अनुमति दिएमा यो कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद आफ्ना सेयरधनीहरुका लागि जारी गर्नेछ। यो हकप्रदको बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ।