७ मंसिर, २०८१ शुक्रबार
01:12:40 AM
१५ जेठ, २०७९
अघिल्लो त्रैमाससम्ममा २० करोड ४३ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको कम्पनीले यस त्रैमाससम्ममा ३२ करोड ९ लाख रुपैयाँभन्दा बढी आम्दानी
काठमाण्डौं । हिमालयन रिइन्स्योरेन्सको खुद नाफा बढेको छ । आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार कम्पनीले १९ करोड ६४ लाख ५७ हजार रुपैयाँ खुद नाफा गरेको हो । गत वर्ष कम्पनीले सो अवधिमा १२ करोड ४७ लाख ८८ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।
कम्पनीले ९ महिनामा खर्च बढेपनि आम्दानी बृद्धि भएकाले खुद नाफा पनि बढ्न पुगेको हो ।अघिल्लो त्रैमाससम्ममा २० करोड ४३ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको कम्पनीले यस त्रैमाससम्ममा ३२ करोड ९ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको हो ।
खर्च रकम पनि अघिल्लो त्रैमाससम्म ७ करोड ९५ लाख रुपैयाँभन्दा बढी भएकोमा यस त्रैमाससम्ममा १२ करोड ४५ लाख रुपैयाँभन्दा बढी भएको छ ।
यस्तै कम्पनीले ५२ करोड ५९ लाखभन्दा बढी कुल बीमाशुल्क अर्जान गरेको वित्तीय विवरणमा उल्लेख छ । गत वर्षको सोहि अवधिमा कम्पनीको कुल बीमाशूल्क आर्जन रकम ३० करोड ५५ लाख रुपैयाँभन्दा बढी थियो।
नेपालमा दोस्रो पुनर्बीमा कम्पनीको रुपमा सञ्चालित यस कम्पनीको तेस्रो त्रैमाससम्म जगेडा कोष रकम २० करोडभन्दा बढी रहेको छ भने बीमाकोषमा ४८ लाख १९ हजार रुपैयाँ रहेको छ ।
हाल ७ अर्ब रुपैयाँ चुक्तापूँजी रहेको कम्पनीले प्रिमियममा सर्वसाधारणलाई आइपीओ जारी गर्ने तयारी गरेको छ । कम्पनीले आइपीओ जारी गर्ने प्रस्ताव पारितका लागि जेठ २७ गते विशेष साधारण सभा आव्हान गरेको छ ।