८ मंसिर, २०८१ शनिबार

01:11:11 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

श्वेत गंगा हाइड्रोपावर आइपीओ निष्काशन गर्दै, कस्ले दिन सक्छन् आवेदन ?

Nepal Business

१५ जेठ, २०७९

पहिलो चरणमा जारी पूँजी १ अर्ब ५९ करोड ३० लाख रुपैयाँको १० प्रतिशतले हुन आउने प्रतिसेयर १०० अंकित दरको १५ लाख ९३ हजार कित्ता सेयर स्थानीयमा बिक्रि गर्न लागेको

श्वेत गंगा हाइड्रोपावर आइपीओ निष्काशन गर्दै, कस्ले दिन सक्छन् आवेदन ?

काठमाण्डौं । श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि जेठ २३ गतेदेखि आइपीओ निष्काशन गर्न लागेको हो । 

कम्पनीले पहिलो चरणमा जारी पूँजी १ अर्ब ५९ करोड ३० लाख रुपैयाँको १० प्रतिशतले हुन आउने प्रतिसेयर १०० अंकित दरको १५ लाख ९३ हजार कित्ता सेयर स्थानीयमा बिक्रि गर्न लागेको कम्पनीले जनाएको छ । 

यो आइपीओ छिटोमा असार ६ गतेसम्म बिक्रीमा रहनेछ भने सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा भने ढिलोमा असार २१ गतेसम्म बिक्रीका लागि आवेदन खुला रहनेछ । 
स्थानीयहरूले आइपीओ खरीदका लागि नेपाल एसबिआई बैंकको यसम शाखा, सांग्रिला डेभलपमेन्ट बैंकको मन्थली शाखा र कम्पनीको आयोजनास्थलहरूबाट आवेदन दिन सक्नेछन् । 

कुल कित्ता आईपीओमध्ये आयोजनाको संरचना रहेको रामेछाप जिल्लाको लिखु तामाकोशी गा.पा.को वडा नं. २, ३ र ४ तथा ओखलढुङ्गा जिल्लाको लिखु गा.पा. वडा नं. ४, ५, ६, ७, ८ र ९ का बासिन्दाका लागि ७० प्रतिशत अर्थात ११ लाख १५ हजार १०० कित्ता, आयोजनाको प्रसारण लाईन पर्ने रामेछाप जिल्लाको लिखु तामाकोशी गा.पा. को वडा नं. ५, ६ र ७ र मन्थली न.पा.को वडा नं. ११, १२ र १३ तथा रामेछाप न.पा.को वडा नं. १ र ३ का बासिन्दाका लागि ३ लाख ९८ हजार २५० कित्ता र रामेछाप जिल्लाको लिखु तामाकोशी गा.पा. को वडा नं. १ र ओखलढुङ्गा जिल्लाको लिखु गा.पा.को वडा नं. १, २ र ३ का लागि ७९ हजार ६५० कित्ता सेयर बिक्रि गर्न लागिएको हो ।

यो आइपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।यसको बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ।

आइपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई केयर रेटिङ्ग नेपालले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने केयरएनपी डबल बी आइएस रेटिङ्ग प्रदान गरेको छ ।

सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिने व्यवस्था छ ।