८ मंसिर, २०८१ शनिबार
01:07:34 AM
१५ जेठ, २०७९
नेप्सेमा ३ कम्पनीको बोनस सेयर र २ कम्पनीको आईपीओ सूचिकृत भएको हो
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा गत साता विभिन्न ५ कम्पनीको सेयर सूचिकृत भएको छ । नेप्सेमा ३ कम्पनीको बोनस सेयर र २ कम्पनीको आईपीओ सूचिकृत भएको हो ।
नेप्सेमा सूचिकृत भएका कम्पनीहरु निम्न रहेका छन्ः
१. उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड
नेप्सेमा उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) सूचिकृत भएको हो । नेप्सेमा लघुवित्तको ६ लाख ५६ हजार २ सय ५० कित्ता आईपीओ नेप्सेमा कारोबार हुनसक्ने गरी सूचिकृत भएको हो । नेप्सेले कम्पनीको आईपीओलाई पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ४ सय ३ रूपैयाँ ९१ पैसादेखि अधिकतम एक हजार २ सय ११ रुपैयाँ ७३ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गरेको छ ।
२. आरएसडिसी लघुवित्त वित्तीय संस्था
नेप्सेमा आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको १० प्रतिशत बोनस बापतको ७ लाख ३१ हजार ९ सय ५९ दशमलव ७६ कित्ता सेयर सूचिकृत भएको हो । कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका सेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२ प्रतिशत नगद लाभांश गरी कुल १०.५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।
३. बलेफी हाइड्रोपावर कम्पनी लिमिटेड
नेप्सेमा बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडको साधारण सेयर (आईपीओ) सूचिकृत भएको हो । नेप्सेमा कम्पनीको १ करोड ८२ लाख ७९ हजार ७ सय कित्ता आईपीओ सूचिकृत भएको हो । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ९३ रूपैयाँ ६४ पैसादेखि अधिकतम २ सय ८० रुपैयाँ ९२ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गरेको छ ।
४ं सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेडको
नेप्सेमा सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेडको ७.७० प्रतिशत बोनस बापतको ६ लाख ७८ हजार ३ सय ९७ दशमलव ४९५९ कित्ता बोनस सेयर सूचिकृत भएको हो । कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरूलाई चुक्ता पूँजीको ७.७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.३ प्रतिशत नगद गरी कुल ११ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।
५. साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड
नेप्सेमा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको १० प्रतिशत बोनस बापतको २ लाख ३० हजार ४ सय ८२ दशमलव ९० कित्ता बोनस सेयर सूचिकृत भएको हो । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरूलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५ प्रतिशत नगद गरि कूल १०.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो।