१८ बैशाख, २०८१ मंगलबार

12:31:55 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

आइतबार सेयर बजारमा रौनकता

१८ पुस, २०७८

कूल २४० वटा कम्पनीको ७१ लाख ६० हजार ९ सय ८३ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब १२ करोड ६९ लाख ८० हजार रूपैयाँ बराबरको कारोबार भएको छ ।

आइतबार सेयर बजारमा रौनकता

काठमाण्डौं, पुस १८

अंग्रेजी वर्ष २०२२ को पहिलो कारोबार दिन आइतबार सेयर बजारमा रौनकता देखिएको छ । सेयर बजारले नयाँ वर्षको आगमनसँगै बजारमा हरियाली छाएको हो । नेप्से परिसूचक उच्च अंकले बढ्दा कारोबार रकम पनि अघिल्लो साताको अन्तिम कारोबार दिनको तुलनामा बढेको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक ६०.४१ अंकले बढेर २५८४.९१ विन्दुमा पुगेको छ । नेप्से २.३९ प्रतिशतले बढेको हो । 

कूल २४० वटा कम्पनीको ७१ लाख ६० हजार ९ सय ८३ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब १२ करोड ६९ लाख ८० हजार रूपैयाँ बराबरको कारोबार भएको छ । 
स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज म्युचुअल फण्ड बाहेक बाँकी १२ वटा उपसमूहको सेयर बढेको हो।

आइतबार हिमालयन डिष्टिलरीको नै सर्वाधिक कारोबार भएको छ । कम्पनीको ४४ करोड ९४ लाख २ हजार रूपैयाँ बराबरको कारोबार भएको हो । कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशतले बढेर ४ हजार ३ सय १८ रूपैयाँ पुगेको छ । 

आइतबार गोर्खाज फाइनान्स कम्पनी लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै घटेको छ । कम्पनीको सेयरमूल्य ५.१२ प्रतिशतले घटेर ७ सय ७९ रूपैयाँ ९० पैसामा झरेको छ ।