२२ बैशाख, २०८१ शनिबार

03:13:04 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

महंगीले ढाड सेकियो, भान्साबाट विद्रोह हुने परिस्थिति बन्न लाग्यो : प्रचण्ड

Nepal Business

१४ जेठ, २०७९

महंगीले ढाड सेकियो, भान्साबाट विद्रोह हुने परिस्थिति बन्न लाग्यो : प्रचण्ड

काठमाडौँ ।  नेकपा माओावदी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महंगीका कारण जनताले भान्साबाट विद्रोह गर्ने हो की भन्ने परिस्थिति बन्दै  गएको बताउनुभएको छ । 

प्रतिनिधिसभाको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग दिँदै उहाँले दिन प्रतिदिनको महंगीका कारण  जनता आजित हुने अबस्था आएकाले त्यसको सामाना गर्न सरकारलाई सुझाव दिनुभयो । उहाँले महंगीले जनताको ढाड सेकेको पनि बताउनुभयो । 

 मुल्यवृद्धिको मारबाट छुटकारा गराउने भनेको कर छुट गरेर मुल्य घटाउनुपर्नेमा जोड दिँदै उहाँले त्यो प्रयास शुरु भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘कर घटनाएरै भए पनि जनतालाई राहत दिने काम सरकारले गरोस्, कर घटाएर भए पनि मूल्य वृद्धि रोक्म्नुपर्यो ।’ 

यसलाई गम्भिर रुपमा लिएनौँ भने जनतामा आक्रोस बढ्छ र झन् खतरा हुने वाला छ ।  उहाँले खाद्यान्नमा आत्मनिर्भर हुनका लागि आयात घटाउनुपर्नेमा जोड दिनुभयो ।