२४ बैशाख, २०८१ सोमबार

02:59:39 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बन्चरेडाँडा ल्यान्डफिल्ड साइटबाट प्रभावित स्थानीयको माग सम्बोधन गर्न सरकार प्रतिबद्धः मन्त्री झाँक्री

Nepal Business

१२ जेठ, २०७९

यो समस्या बारम्बार दोहोरिन नदिन स्थानीय सरकारलाई समेत जवाफदेही बनाउनुपर्ने बताउनु भयो।

बन्चरेडाँडा ल्यान्डफिल्ड साइटबाट प्रभावित स्थानीयको माग सम्बोधन गर्न सरकार प्रतिबद्धः मन्त्री झाँक्री

काठमाण्डौं । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले धादिङको बन्चरेडाँडा ल्यान्डफिल्ड साइटबाट प्रभावित स्थानीयको माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। 

काठमाडौंको फोहोर नउठेर समस्या सिर्जना भएपछि आकस्मिक रूपमा फोहोर खसालिए पनि स्थानीयका माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको उहाँको भनाइ छ ।

मन्त्रालयमा बुधबार आयोजित सर्वपक्षीय छलफलमा उहाँले बन्चरेडाँडा ल्यान्डफिल्ड साइट व्यवस्थित गर्न स्थानीयको महत्वपूर्ण भूमिका रहेकोले उनीहरूका मागप्रति नजरअन्दाज नगरिने स्पष्ट पार्नु भयो ।

काठमाडौंको फोहोर नउठेर समस्या सिर्जना भएपछि आकस्मिक रूपमा फोहोर खसालिए पनि स्थानीयका माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको उहाँको भनाइ छ ।

त्यसैगरी उहाँले बन्चरेडाँडा ल्यान्डफिल्ड साइटले काठमाडौंको फोहोर व्यवस्थापनमा नयाँ मोड ल्याउने समेत दाबी गर्नुभयो ।

छलफलका क्रममा धादिङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य भूमि पाठकले आयोजना प्रभावित क्षेत्रको प्राविधिक टोलीको अध्ययनअनुसार सरकारले जग्गा अधिग्रहण गर्नुपर्ने बताउनु भयो।

यस्तै अर्का सांसद हितबहादुर तामाङले बन्चरेडाँडा ल्यान्डफिल्ड साइटको फोहोर व्यवस्थापनमा देखिएका समस्या दीर्घकालीन समाधानका उपाय खोजेर अघि बढ्न सुझाव दिनु भयो । उहाँले यो समस्या बारम्बार दोहोरिन नदिन स्थानीय सरकारलाई समेत जवाफदेही बनाउनुपर्ने बताउनु भयो।

धादिङको धुनीबेशी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले बन्चरेडाँडा ल्यान्डफिल्ड साइट व्यवस्थापन सबैको साझा दायित्वको विषय भएको बताउँदै यसका व्यावहारिक पक्षमा ध्यान दिन आवश्यक रहेको बताउनु भयो । 

उहाँले साइटमा फालेको फोहोर उचितरूपमा व्यवस्थापन गर्नुपर्नेमा जोड दिनु भयो । यस्तै नुवाकोटको ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङले सरकारले फोहोर व्यवस्थापनको नीति मात्र बनाउने नभई कार्यान्वयनमा समेत जोड दिनुपर्ने बताउनु भयो । 

आयोजना प्रभावित क्षेत्रका स्थानीयले आफूहरूले फोहोरको वैज्ञानिक व्यवस्थापन चाहेको बताउनु भयो ।

शिक्षा, स्वास्थ्य र रोजगारी राज्यको दायित्वअन्तर्गत पर्ने भएकाले आयोजना प्रभावितलाई सरकारले विशेष सम्बोधन गर्नुपर्ने उल्लेख गर्नुभयो । यस्तै आयोजना प्रभावित क्षेत्रका स्थानीयले आफूहरूले फोहोरको वैज्ञानिक व्यवस्थापन चाहेको बताउनु भयो ।

दीर्घकालीन रूपमा फोहोर व्यवस्थापन गर्नका लागि तत्कालीन समस्यालाई नजरअन्दाज नगर्न उहाँको आग्रह थियो ।

छलफलमा सहरी विकास मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंह, काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल, बन्चरेडाँडा ल्यान्डफिल्ड साइटका आयोजना प्रमुख रवीन्द्र बोहरा, काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेल, जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरिक्षक दिनेशराज मैनाली, नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनीबेशी नगरपालिकाका जनप्रतिनिधि, बन्चरेडाँडा ल्यान्डफिल्ड साइट क्षेत्रका आयोजना प्रभावित क्षेत्रका स्थानीयलगायतको उपस्थिति थियो ।