८ मंसिर, २०८१ शनिबार
10:43:35 PM
१४ जेठ, २०७९
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ८सय ३४ जना कैदीको कैद सजाय माफ गर्नुभएको छ ।
गणतन्त्र दिवसका अवसरमा ती कैदीको सजाय माफी गरिएको हो।
विभिन्न अदालतको आदेशबाट कैद सजाय भोगिरहेका ८ सय ३४ जना कैदीको सजाय मिनाहा गरिएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले विभिन्न अदालतबाट तोकिएको कैद सजाय भुक्तान गरेका र असल चालचलन भएका खड्ग श्रेङ लिम्बुसमेतका २७१ जना र नरबहादुर साँवासमेतका ५४७ तथा उमाकान्त पराजुलीसमेतका १६ जनालाई २०७९ जेठ १५ गतेदेखि माफी मिनाहा गर्नुभएको हो ।