९ मंसिर, २०८१ आइतबार
09:22:45 PM
१३ जेठ, २०७९
जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा बुढीगण्डकी आयोजना निर्माणका लागि भन्दै प्रतिलिटर ५ रुपैयाँ इन्धनमा कर लगाइएको थियो । तर, बुढीगण्डकी आयोजना निश्चित नभएपछि उक्त नाममा लिइँदै आईएको कर नेकपा एमालेका अध्यक्ष केपी ओली प्रधामन्त्री हुँदा ५ रुपैयाँ थपेर पूर्वाधार कर प्रतिलिटर १० रुपैयाँ बनाइएको थियो ।
काठमाडौँ,
सरकारले पेट्रोलियम पदार्थमा लगाइएको पूर्वाधार कर हटाएको छ । यही जेठ १० गतेको मन्त्रिपरिषद बैठकले उक्त कर हटाएको हो ।
तर अहिलेसम्म गुपचुप रहेको उक्त सूचना शुक्रबार प्रतिनिधिसभाको बैठकमा एक मन्त्रीले सार्वजनिक गर्नुभएको छ ।
प्रतिनिधिसभाको बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले जेठ १० गतेको मन्त्रिपरिषद बैठकले पेट्रोलियम पदार्थमा लाग्दै आएको पूर्वाधार कर हटाउने निर्णय गरेको जानकारी गराउनुभएको छ । उहाँले मन्त्रिपरिषदले गरेको निर्णय कार्यान्वयनका लागि अर्थ मन्त्रालयले गृहकार्य गरिरहेको पनि जानकारी दिनुभएको छ ।
प्रतिनिधिसभाको बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले जेठ १० गतेको मन्त्रिपरिषद बैठकले पेट्रोलियम पदार्थमा लाग्दै आएको पूर्वाधार कर हटाउने निर्णय गरेको जानकारी गराउनुभएको छ ।
उहाँले मन्त्रिपरिषदले गरेको निर्णय कार्यान्वयनका लागि अर्थ मन्त्रालयले गृहकार्य गरिरहेको पनि जानकारी दिनुभएको छ ।
जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा बुढीगण्डकी आयोजना निर्माणका लागि भन्दै प्रतिलिटर ५ रुपैयाँ इन्धनमा कर लगाइएको थियो ।
तर, बुढीगण्डकी आयोजना निश्चित नभएपछि उक्त नाममा लिइँदै आईएको कर नेकपा एमालेका अध्यक्ष केपी ओली प्रधामन्त्री हुँदा ५ रुपैयाँ थपेर पूर्वाधार कर प्रतिलिटर १० रुपैयाँ बनाइएको थियो ।
केही अघि मात्रै नेपाल आयाल निगमले पेट्रोलको भाउ प्रतिलिटर १८० र डिजेल तथा मट्टितेलको मूल्यप्रति लिटर १६३ रुपैयाँ पुर्याएको थियो भने खाना पकाउने ग्यासमा समेत २०० ले बढाएर प्रतिसिलिण्डर एक हजार ८०० बनाएको थियो ।