८ मंसिर, २०८१ शनिबार
01:43:29 AM
१३ जेठ, २०७९
सेयर बजार घट्दा १ अर्ब २९ करोड ८९ लाख ५ हजार ५९० रुपैयाँको कारोबार भएको छ भने ४१ लख ४० हजार ६६५ कित्ता सेयर किनबेच
काठमाण्डौं । तीन दिन झिनो अंकले बढेको सेयर बजार कारोबारको अन्तिम दिन शुक्रबार घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार सेयर बजार १५.८२ अंकले घटेर नेप्से परिसूचक २२ सय २३.७८ विन्दुमा बन्द भएको छ ।
सेयर बजार घट्दा १ अर्ब २९ करोड ८९ लाख ५ हजार ५९० रुपैयाँको कारोबार भएको छ भने ४१ लख ४० हजार ६६५ कित्ता सेयर किनबेच भएका छन् । सेयर बजार घटे पनि पनि कारोबारमा सुधार देखिएको छ । बिहीबार कारोबार रकम घटेको थियो ।
यस्तै होटल एण्ड टुरिजम बाहेक अरु उपसमुह घटेका छन् । होटल एण्ड टुरिजम ०.०८ प्रतिशतले बढेको छ ।
यस्तै कम्पनीतर्फ भने रुरु जलविद्युत परियोजना लिमिटेड ६.१३ प्रतिशत, नायायणी विकास बैंक ५.३१ प्रतिशत र उकिार लघुवित्त वित्तीय संस्था ४.०४ प्रतिशतले बढेका छन् ।