८ मंसिर, २०८१ शनिबार
01:12:42 AM
१३ जेठ, २०७९
सेयर बाँडफाँट सम्बन्धी विवरण धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धकको वेवसाइट www.siddharthacapital.com बाट हेर्न सकिने छ ।
काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको आईपीओ बाँडफाँड सम्पन्न भएको छ । जलविद्युत कम्पनीले बैशाख १३ गतेदेखि जेठ ५ गतेसम्म आयोजना प्रभावित क्षेत्र अर्थात लमजुङ्ग जिल्लाको दोर्दी गाउँपालिकाका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेको थियो । उक्त आईपीओको बाँडफाँड जेठ १२ गते सम्पन्न भएको हो ।
कम्पनीले जारी पूँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँको १० प्रतिशतले हुन आउने १० करोड ५४ लाख २६ हजार ४० रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरका १० लाख ५४ हजार २६० कित्ता साधारण शेयर निष्काशन गरेको थियो। सो सेयरमध्ये ७ लाख ५६ हजार ४२० कित्ता सेयर बाँडफाँड भएको हो ।
सेयर बाँडफाँट सम्बन्धी विवरण धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धकको वेवसाइट www.siddharthacapital.com बाट हेर्न सकिने छ ।