४ जेठ, २०८१ शुक्रबार

10:21:34 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कोरोनाबाट मृत्यु भएका परिवारलाई २० हजारको सहयोग

Nepal Business

१८ पुस, २०७८

हालसम्म काठेखोला गाउँपालिकामा सङ्क्रमणका कारण १८ जनाले ज्यान गुमाइसकेका छन् ।

कोरोनाबाट मृत्यु भएका परिवारलाई २० हजारको सहयोग


काठमाण्डौं, पुस १८ 
बागलुङ जिल्लाको काठेखोला गाउँपालिकामा कोरोना संक्रमितका कारण ज्यान गुमाएकाहरुको परिवारले २० हजारका दरले राहत प्राप्त गरेका छन् । आर्थिक वर्ष २०७८÷८९ मा विनियोजित गरेको ३ लाख ६० हजार बजेटअनुसार मृतकका परिवारलाई राहत रकम प्रदान गरिएको काठेखोला गाउँपालिकाले जनाएको छ ।


हालसम्म काठेखोला गाउँपालिकामा सङ्क्रमणका कारण १८ जनाले ज्यान गुमाइसकेका छन् । विनियोजित रकमको आधारमा प्रत्येक मृतकका परिवारले २० हजारका दरले पाउने भएका हुन ।

गण्डकी प्रदेश सरकारले समेत कोरोनाबाट मृत्यु भएकाको परिवारलाई जनही  ५० हजार दिने निर्णय गरेको छ । यसअन्तर्गत बागलुङका १० मृतकका परिवारले ५० हजार राहत रकम पाइसकेका छन् भने अन्यको कागजात सङ्कलनको काम भइरहेको स्वास्थ्य कार्यालय का प्रमुख सुरज गुरौले जानकारी दिनुभयो ।