८ मंसिर, २०८१ शनिबार
01:28:51 AM
१३ जेठ, २०७९
नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ४ सय ३ रूपैयाँ ९१ पैसादेखि अधिकतम १ हजार २ सय ११ रुपैयाँ ७३ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गरेको थियो । सोही रेन्जको आधारमा पहिलो कारोबार भएको हो
काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर (आईपीओ) आज (जेठ १३ गते) देखि दोस्रो बजारमा कारोबारमा आएको छ । शुक्रबार स्पेशल प्रि ओपन सेसनमा लघुवित्तको सेयर प्रतिकित्ता १२११ रुपैयाँमा पहिलो कारोबार भएको हो। लघुवित्त कम्पनीको ६ लाख ५६ हजार २ सय ५० कित्ता साधारण सेयर (आईपीओ) हिजो नेप्सेमा सूचिकृत भएको थियो ।
नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ४ सय ३ रूपैयाँ ९१ पैसादेखि अधिकतम १ हजार २ सय ११ रुपैयाँ ७३ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गरेको थियो । सोही रेन्जको आधारमा पहिलो कारोबार भएको हो ।