८ जेठ, २०८१ मंगलबार

12:54:49 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

चितवनको मन्दिरमा चोरी

Purnima BK

१८ पुस, २०७८

वडा कार्यालय परिसरमा रहेको मन्दिरमा शनिबार राति एकैपटक चोरी भएको हो ।

चितवनको मन्दिरमा चोरी

काठमाडौँ, पुस १८

पूर्वी चितवनको कालिका नगरपालिका–२ मा रहेको चार मन्दिरमा चोरी भएको छ । वडा कार्यालय परिसरमा रहेको मन्दिरमा शनिबार राति एकैपटक चोरी भएको हो ।

पदमपुर प्रहरीका अनुसार परिसरमा रहेको कल्पेश्वर महादेव मन्दिर, बिघ्नेश्वर गणेश, राधाकृष्ण र सिद्धदाता भगवती मन्दिरको ढोका तथा सत्तल फोरेर मन्दिरमा रहेको दान पेटीकाको नगद चोरी भएको होे ।

दान पेटीकामा रहेका पैसा र विभिन्न सामग्री गरेर करिब  १० हजार बराबरको नगद तथा जिन्सी चोरी भएको कार्यालयका प्रमुख तथा सहायक प्रहरी निरीक्षक उदय केसीले जानकारी दिनुभयो ।