२१ बैशाख, २०८१ शुक्रबार

02:28:19 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सेयर बजारमा न्यून अंकको हरियालीले, लगानीकर्तामा थपिएन उत्साह

केशव आचार्य ।

१२ जेठ, २०७९

बजार न्यून अंकले बढेता पनि कारोबारको रकममा भने कमि हुुँदै गइरहेको छ । यसले बजारलाई खुम्च्याइरहेको छ ।

पछिल्ला दिनहरुमा सेयर बजारले घट्दा उच्च अंकले घट्ने र बढ्दा न्यून अंकले बढ्ने संस्कार बोकेको छ । चुनाव सकिएपछि लगत्तै बढ्ने अपेक्षा गरिएको बजार आजसम्म पनि उकालो लाग्न सकेको छैन । 
 
साताको चौथो कारोबारको दिन बुधबार १४.३७ अंकले बढेको सेयर बजार बिहीबार ८.०३ अंकले वृद्धि भएको छ । नेप्से परिसूचक बिहीवार ८.०३ अंकले वृद्धि भई नेप्से २२३९.६ अंकमा पुगेर बन्द भएको छ ।
 
बुधबार २२६ कम्पनीको २६ लाख ९४ हजार ४२९ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ४ करोड ४६ लाख २६ हजार ९३९ रुपैयाँको कारोबार भएको थियो । तर बिहीबार २३ लाख २४ हजार ६ सय ६४ कित्ता सेयर किनबेच भई ८८ करोड ९८ लाख रुपैयाँ बराबरको मात्र कारोबार भएको छ । 
साताको चौथो कारोबारको दिन बुधबार १४.३७ अंकले बढेको सेयर बजार बिहीबार ८.०३ अंकले वृद्धि भएको छ । नेप्से परिसूचक बिहीवार ८.०३ अंकले वृद्धि भई नेप्से २२३९.६ अंकमा पुगेर बन्द भएको छ ।
 
पछिल्ला दुई दिनमा नेप्से परिसूचक वृद्धि भए पनि कारोबार रकम भने निरन्तर खुम्चिँदै गएको छ । बिहीबार नेप्सेको सेन्सेटिभ इन्डेक्स १.३९ अंकले बढेर ४३६.४७ अंकमा पुगेको छ ।
 
नेप्सेमा दुई सय २२ कम्पनीको सेयर खरिदबिक्री भएकोमा एक सय ५० कम्पनीका लगानीकर्ताले नाफा कमाए । यस्तै ८६ कम्पनीका लगानीकर्ता बिहीबार केही गुमाएका छन् । १५ कम्पनीको सेयर अघिल्लो दिनकै मूल्यमा कारोबार भएको छ ।
 
नेप्सेमा बिहीबार एक मात्र मेगा बैंकको सेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ । मेघा बैंकको सेयर मूल्यमा २२ रुपैयाँ ५० पैसा बढेर २४७ रुपैयाँ ५० पैसा पुगेर बन्द भयो ।
 
हिजो आज सामान्य अंकले कमाउने र उच्च अंकले गुमाउनेको संख्या बढिरहेको छ । लगानीकर्ताहरु सुधारको अपेक्षा गर्दै कुरिरहेका छन् । तर बजारले आजसम्म आशलाग्दो बाटो पकड्न सकेको छैन ।
 
बजार न्यून अंकले बढेता पनि कारोबारको रकममा भने कमि हुुँदै गइरहेको छ । यसले बजारलाई खुम्च्याइरहेको छ । 
 
राष्ट्र बैंकले लिएको नीति तथा विश्वव्यापी आर्थिक मन्दीको बजारी हल्लाले आज सेयर बजार डुबिरहेको छ । यसलाई लयमा ल्याउने नीति अवलम्बन नगरिएसम्म यसले लगानीकर्तामा थप निराशा नै सृजना गर्ने देखिन्छ ।