२४ बैशाख, २०८१ सोमबार

10:06:40 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

पाँच महिनामा प्रदेश २ मा ७.६ प्रतिशतमात्र पूँजीगत खर्च

१८ पुस, २०७८

पुस मसान्तसम्म ३० प्रतिशत पूँजीगत खर्च पुग्ला ?

पाँच महिनामा प्रदेश २ मा ७.६ प्रतिशतमात्र पूँजीगत खर्च



काठमाण्डौं, पुस १८
प्रदेश नं २ सरकारले चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म जम्मा ७.६ प्रतिशतमात्र पूँजीगत खर्च गरेको छ । चालू आर्थिक वर्ष २०७८÷७९ का लागि ३४ अर्ब १० करोड १८ लाख बराबरको बजेट विनियोजन गरिएको थियो। पाँच महिनामा कुल २ अर्ब ६० करोड ५१ लाख पूँजीगत खर्च मध्ये १ अर्ब ७९ करोड ७८ लाख चालू खर्च र ८० करोड ७३ लाख पूँजीगत खर्च भएको हो । 

प्रदेश २ नीति आयोगका पूर्व उपाध्यक्ष डा. हरिवंश झाले विकास खर्च गर्न सरकारको नियत नै सही नभएको बताउनु भयो। हरेक वर्ष असार मसान्तमा मात्रै खर्च गर्ने गलत प्रवृत्तिले भ्रष्टाचार बढाउने र काम पनि गुणस्तरको हुँदैन। भएको स्रोत समेत समयमै खर्च गर्न नसक्नु सरकारको अक्षमता भएको झाले जिकिर गर्नुभयो ।  

 बजेट खर्च विशुद्ध राजनीतिक प्रतिबद्धतासँग जोडिएको विषय भएको नीति आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झाले बताउनु भयो। उहाँले धेरै बजेट भौतिक पूर्वाधारको क्षेत्रलाई छुट्याइएको बताउनु हुँदै  सबै विकासे मन्त्रालय कांग्रेससँग छन्, महाधिवेशनमा मन्त्रीहरू उतै व्यस्त भएकाले खर्च हुन नसकेको हो भन्नु भयो। 

सरकारका प्रवक्ता एवं अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले कर्मचारी अभावका कारण बजेट खर्चमा समस्या देखिएको बताउनु भयो। सार्वजनिक खरीद ऐनमा पनि केही जटिल प्रावधान छन् । यसले पूँजीगत खर्चमा केही समस्या परेको हो भन्नुभयो । 

यसअघिका वर्षमा समेत प्रदेश सरकारले कर्मचारी अभावलाई कारण देखाउँदै समयमै बजेट खर्च गर्न सकेको थिएन।  प्रदेशमा आर्थिक वर्षको अन्तसँगैआफ्ना कार्यकर्तालाई योजना बाँडफाँड गरेर खर्च गर्ने परिपाटी रहेको देखिन्छ।