८ मंसिर, २०८१ शनिबार
01:11:11 AM
१२ जेठ, २०७९
१ अर्बको पनि कारोबार नहुँदा बिहीबार मेगा बैंक नेपाल लिमिटेडको सर्वाधिक कारोबार भएको छ ।
काठमाडौं । कारोबारको चौथो दिन बिहीबार नेप्से परिसूचक झिनो अंकले बढेको छ । गत दुई दिनयता सेयरबजारमा सुधार देखिएको हो ।सेयरबजारमा सुधार देखिएपनि कारोबार रकममा सुधार आएको छैन । बिहीबार नेप्से परिसूचक ८ अंकले बढेको छ । भने २२२ कम्पनीको २३ लाख २० हजार ८१६ कित्ता सेयर किनबेच हुँदा ८८ करोड ८७ लाख ८१ हजार ९०७ रुपैयाँको कारोबार भएको छ ।
१ अर्बको पनि कारोबार नहुँदा बिहीबार मेगा बैंक नेपाल लिमिटेडको सर्वाधिक कारोबार भएको छ । बैंकको बिहीबार एकैदिन ५ करोड ४२ लाख १४ हजार ४६२ रुपैयाँको कारोबार भएको छ । त्यस्तै, बिहीबार अरुण काबेली पावरको ४ करोड ४ लाख, नबिल बैंकको ३ करोड ५७ लाख, अपर तामाकोशीको २ करोड ८३ लाख र जाल्पा सामुदायिक लघुवित्तको २ करोड २९ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।