८ मंसिर, २०८१ शनिबार

01:43:47 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सेयर बजार झिनो अंकले बढ्यो, कारोबार रकम घट्यो

Nepal Business

१२ जेठ, २०७९

आज २३ लाख २४ हजार ६६५ कित्ता सेयर किनबेच हुँदा ८८ करोड ९८ लाख ३४ हजार ९०९ रुपैयाँको कारोबार

सेयर बजार झिनो अंकले बढ्यो, कारोबार रकम घट्यो

काठमाण्डौं । कारोबारको चौथो दिन बिहीबार सेयर बजार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार सेयर बजार ८.०३ अंकले बढेर नेप्से परिसूचक २२ सय ३९.६० विन्दुमा पुगेर बन्द भएको छ । 

सेयर बजार बढ्दा कारोबार रकम घटेको छ । आज २३ लाख २४ हजार ६६५ कित्ता सेयर किनबेच हुँदा ८८ करोड ९८ लाख ३४ हजार ९०९ रुपैयाँको कारोबार भएको छ । 

आज होटल एण्ड टुरिजम ०.७४ प्रतिशत, विकास बैंक ०.१९ प्रतिशत, हाइड्रोपावर प्रतिशत ०.१७ प्रतिशत, फाइनान्स ०.२२ प्रतिशत र अन्य ०.८६ प्रतिशतले उपसमुहहरु घटेका छने भने बाँकी उपसमुह बढेका छन् । 

कम्पनीतर्फ भने मेगा बैंकमा सर्किट ब्रेक लागेको छ भने नारायणी विकास बैंक ६.२० प्रतिश र कुमारी इकवाइटी फण्ड ५.२० प्रतिशतले बढेका छन् ।