८ मंसिर, २०८१ शनिबार

01:21:18 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

उपकार लघुवित्तको आईपीओ नेप्सेमा सूचिकृत, कति पायो ओपनिङ्ग रेञ्ज ?

१२ जेठ, २०७९

कम्पनीको ६ लाख ५६ हजार २ सय ५० कित्ता साधारण सेयर नेप्सेमा सूचिकृत

उपकार लघुवित्तको आईपीओ नेप्सेमा सूचिकृत, कति पायो ओपनिङ्ग रेञ्ज ?

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत भएको छ । लघुवित्त कम्पनीले चैत्र २५ गतेदेखि चैत्र ३० गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको थियो । कम्पनीको ६ लाख ५६ हजार २ सय ५० कित्ता साधारण सेयर (आईपीओ) आज(बिहीबार) नेप्सेमा कारोबार हुनसक्ने गरी सूचिकृत भएको हो ।

नेप्सेले लघुवित्तको आईपीओलाई पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ४ सय ३ रूपैयाँ ९१ पैसादेखि अधिकतम १ हजार २ सय ११ रुपैयाँ ७३ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गरेको छ । नेप्सेले लघुवित्तलाई दास्रो कारोबारका लागि ULBSL  सिम्बोल प्राप्त गरेको छ ।