२० बैशाख, २०८१ बिहिबार

02:31:20 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

विदेश पठाई दिन्छु भनि ठगी गरेको अभियोगमा एक जना पक्राउ

Nepal Business

१२ जेठ, २०७९

पाण्डेले पिडितलाई विदेश पठाई दिन्छु भनि २५ लाख रुपैयाँ ठगी गरेको

विदेश पठाई दिन्छु भनि ठगी गरेको अभियोगमा एक जना पक्राउ

काठमाण्डौं । विदेश पठाई दिन्छु भनि ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । काठमाण्डौं टोखा नगरपालिका–८ बस्ने चितवन भरतपुर महानगरपालिका–९ वसन्त चोक घर भएका २७ वर्षीय सुजनराज पाण्डेलाई प्रहरीले पक्राउ गरेको हो । 

पाण्डेले पिडितलाई विदेश पठाई दिन्छु भनि २५ लाख रुपैयाँ ठगी गरेको सूचनाका आधारमा प्रहरीले काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उनलाई काठमाडौं बानेश्वरबाट पक्राउ गरेको हो । 

पाण्डेले टिपिकल क्लोथिङ एण्ड क्राफ्ट स्टोर नामक व्यवसायिक कम्पनी दर्ता गर्न लगाई यूरोपको जुनसुकै देशमा गएर व्यापार व्यवसाय गर्न मिल्ने भिषा लगाई दिन्छु भनि हंगरीको लागि नक्कली भिषा समेत निकाली पीडितबाट २५ लाख  रूपैयाँ ठगी गरेको भन्ने सूचना प्रहरीले पाएका थिए । 

उनीलाई ठगी कसूर अन्तर्गत थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाण्डौं पठाइएको छ ।