२४ कार्तिक, २०८१ शनिबार

12:39:13 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

१७ लाख रुपैयाँ ठगी गरेको अभियोगमा एक जना पक्राउ

Nepal Business

१२ जेठ, २०७९

प्रहरीले अछाम मंगलसेन नगरपालिका–२ बस्ने चक्र बहादुर बिकलाई प्रहरीले पक्राउ गरेको

१७ लाख रुपैयाँ ठगी गरेको अभियोगमा एक जना पक्राउ

काठमाण्डौं ।  त्रिवि शिक्षण अस्पताल महाराजगंजमा विदेशी नागरिकले ५० प्रतिशत छात्रवृतिमा एमबीबीएस अध्ययन गर्न पाउने कोटामा भर्ना गरी दिन्छु भनी ठगी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

प्रहरीले अछाम मंगलसेन नगरपालिका–२ बस्ने चक्र बहादुर बिकलाई प्रहरीले पक्राउ गरेको हो । बिकले आफूलाई त्रिवि शिक्षण अस्पतालको एमबिबिएस÷ एमएस कन्सल्टेन्ट न्यूरोसर्जन डा.दिपक बिसी भनेर चिनाएर पिडितबाट पटक–पटक गरी १७ लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ । 

आफूलाई डा.बिसी भनि चिनाइ बिकले छात्रवृतिमा एमबिबिएस अध्ययन गर्न पाउने कोटामा ३० लाख रुपैयाँ लिई भर्ना गरी दिन्छु भनी पीडितबाट पटक–पटक गरी नगद १७ लाख रूपैयाँ लिई ठगी गरेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

प्रहरीका अनुसार यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको छ ।