९ मंसिर, २०८१ आइतबार

09:07:56 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

विन्ध्यबासिनी हाइड्रोपावरको आइपीओ बाँडफाँड, यसरी हेर्नुहोस् रिजल्ट

१२ जेठ, २०७९

बाँडफाँड नपरेको सेयर वापतको रकम फिर्ता भुक्तानी जेठ १६ गते सोमबारदेखि गरिने

विन्ध्यबासिनी हाइड्रोपावरको आइपीओ बाँडफाँड, यसरी हेर्नुहोस् रिजल्ट

काठमाडौं । विन्धयबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीले वैशाख ११ गतेदेखि वैशाख २७ गतेसम्म आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आइपीओ निष्काशन गरेको थियो । उक्त आईपीओ जेठ ११ गते बाँडफाँड गरेको हो ।

कम्पनीलिे आयोजना प्रभावित क्षेत्र भित्र पर्ने लमजुङ्ग जिल्लाको क्व्होलासोथार गाउँपालिकाको वडा नं. ५,६ र ७ (साविक पसगाउँ तथा भोजे गा.वि.स) तथा कास्की जिल्लाको मादी गाउँपालिकाको वडा नं ८ र ९ (साविक मिजुरेडाँडाँ गा.वि.स) का स्थानीय बासिन्दाहरुका लागि ७ लाख कित्ता तथा आयोजना अति प्रभावित क्षेत्र बाहेक लमजुङ्ग जिल्लाको आयोजनाको मुख्य संरचनासँग जोडिएका क्व्होलासोथार गाउँपालिका तथा कास्की जिल्लाको मादी गाउँपालिकाका सबै वडाहरुका स्थानीय बासिन्दाहरुको लागि ३ लाख कित्ता सेयरहरु छुट्याएको थियो ।

आइपीओ बाँडफाँड सम्बन्धि रिजल्ट हेर्नको लागि धितोपत्र निष्काशत तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलको वेबसाइट www.sanima.capital  र निष्काशन कम्पनीको वेबसाइट www.bindhyabasinihydro.com.np बाट हेर्न सकिनेछ ।

कम्पनीले एक सूचना प्रकाशित गर्दै बाँडफाँड नपरेको सेयर वापतको रकम फिर्ता भुक्तानी जेठ १६ गते सोमबारदेखि गरिने जनाएको छ ।