२४ कार्तिक, २०८१ शनिबार
01:03:22 AM
१२ जेठ, २०७९
बीमा समितिको स्वीकृति पश्चात प्रसाईलाई जेठ ११ गते देखिनै लागू हुने गरी आगामी ४ वर्षका लागि सीईओमा नियुक्त गरेको हो ।
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सन्तोष प्रसाई नियुक्त हुनुभएको छ । जेठ ११ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले प्रसाईलाई सिइओ नियुक्त गरेको हो ।
बीमा समितिको स्वीकृति पश्चात प्रसाईलाई जेठ ११ गते देखिनै लागू हुने गरी आगामी ४ वर्षका लागि सीईओमा नियुक्त गरेको हो ।
कम्पनी सञ्चालक समितको गत वैशाख २२ गते बसेको बैठकले प्रसाईंलाई सिइओ नियुक्त गर्ने निर्णय गरेको थियो । बीमा समितिबाट स्वीकृत प्राप्त भएपछि कम्पनीले प्रसाईलाई सिइओ नियुक्त गरेको हो ।