८ मंसिर, २०८१ शनिबार
06:50:30 PM
१२ जेठ, २०७९
सभाले प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ।
काठमाडौं । हिमालयन रिइन्स्योरन्स कम्पनी लिमिटेडले विशेष साधारण सभा बोलाएको छ । रिइन्स्योरन्स कम्पनीले प्रिमियममा आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्न विशेष साधारण सभा बोलाएको हो ।
कम्पनीको सञ्चालक समितिको बैठकको निर्णय अनुसार कम्पनीको २५ औँ विशेष साधारण सभा जेठ २७ गते, शुक्रबार होटल अल्फट, ठमेल काठमाडौंमा दिउँसो २ बजेदेखि सुरू हुनेछ ।
सभामा सर्वसाधारणका लागि प्रिमियममा आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । साथै सभाले प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ।