८ मंसिर, २०८१ शनिबार
07:18:57 PM
१२ जेठ, २०७९
जेठ १२ गतेदेखि आगामी असार १५ गतेसम्म पुर्नजागरण गराउने बीमितहरुलाई लाग्ने ब्याजमा ५० प्रतिशत छुट प्रदान
काठमाण्डौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले छुट दिने भएको छ । कम्पनीले बिहिबार एक सूचना जारी गर्दैे व्यतित बीमालेखमा ५० प्रतिशत ब्याज छुट दिने जानकारी दिएको हो ।
कम्पनीको सूचना अनुसार कम्पनीबाट जारी गरिएका तथा नियमितरुपमा बीमाशुल्क भुक्तानी नगरेका कारण मिति २०७७ साल जेठ ११ गतेदेखि व्यतित भएका जीवन बीमालेखहरु २०७९ साल जेठ १२ गतेदेखि आगामी असार १५ गतेसम्म पुर्नजागरण गराउने बीमितहरुलाई लाग्ने ब्याजमा ५० प्रतिशत छुट प्रदान गरिनेछ ।
यसका लागि कम्पनीले विभिन्न शर्तहरु समेत राखेको छ । जसमा २०८० साल जेठ ११ गते भन्दा अगाडी परिपक्व हुने बीमालेखहरुमा ब्याज छुट प्रदान गरिने छैन ।
यस्तै एक पटक ब्याज छुट लिइसकेका बीमितहरुलाई बीमा अवधिभर पुनः ब्याज छुट प्रदान गरिने छैन ।
यहि जेठ ११ गतेसम्म नवीकरण बीमाशुल्क भुक्तानी गर्नुपर्ने मितिले ६ महिना नाघि पूर्ण व्यतित भएका बीमालेखहरुलाई मात्र यस्तो छुट प्रदान गरिने कम्पनीले जानकारी दिएको छ।