८ मंसिर, २०८१ शनिबार
12:24:23 AM
११ जेठ, २०७९
तोकिएको अवधिभित्र नगद लाभांश नबुझेमा उक्त रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने पनि नेप्सेले जनाएको छ।
काठमाडौं । नेपाल स्टक एक्सेञ्ज (नेप्से) ले विभिन्न १० वटा कम्पनीको पुरानो लाभांश बुझिलिन सेयरधनीहरूलाई आग्रह गरेको छ । नेप्सेले बुधबार एक सूचना प्रकाशन गर्दै केही सेयरधनीहरुले आर्थिक वर्ष २०७२।०७३ सम्मको वार्षिक साधारण सभाबाट पारित भएको नगद लाभांश हालसम्म पनि बुझिलिन बाँकी रहेकोले कम्पनी ऐन २०६३, दफा १८२ बमोजिम नगद लाभांश बुझिलिन आग्रह गरेको हो ।
गौरीशंकर फाइनान्स कम्पनी, ज्याइन्ट सेयर इन्भेस्टमेन्ट कम्पनी, लायन सेक्युरिटिज एन्ड इन्भेस्टमेन्ट कम्पनी, नेपाल सेयर मार्केट्स एन्ड फाइनान्स कम्पनी, निखिल सेक्युरिटिज, ओम सेक्युरिटिज एन्ड अलाइड सर्भिस, शर्मा सेयर मार्केट, शिवशक्ति स्टक एन्ड इन्भेस्टमेन्ट, युनाइटेड स्टक एन्ड सेक्युरिटिज र यती सेक्युरिटिजलाई नगद लाभांश बुझिलिन नेप्सेले अनुरोध गरेको हो ।
सेयरधनीहरूले सूचना प्रकाशित भएको मितिले १ महिनाभित्र नेपाल स्टक एक्सचेन्ज लिमिटेड, यूएनआई शान्ति मार्ग काठमाडौँमा सम्पर्क राखी आफ्नो नगद लाभांश लिन सक्नेछन् । तोकिएको अवधिभित्र नगद लाभांश नबुझेमा उक्त रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने पनि नेप्सेले जनाएको छ।