८ मंसिर, २०८१ शनिबार

12:32:43 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेप्सेमा ७ लाख ३१ हजार कित्ता बोनस सेयर सूचिकृत

११ जेठ, २०७९

नेप्सेमा बुधबार आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचिकृत भएको हो ।

नेप्सेमा ७ लाख ३१ हजार कित्ता बोनस सेयर  सूचिकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (बुधबार) एक कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । नेप्सेमा बुधबार आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचिकृत भएको हो ।

नेप्सेमा आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको १० प्रतिशत बोनस बापतको ७ लाख ३१ हजार ९ सय ५९ दशमलव ७६ कित्ता सेयर सूचिकृत भएको हो ।

लघुवित्तले गत आर्थिक वर्ष २०७७।७८ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२ प्रतिशत नगद लाभांश गरी कुल १०.५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।