८ मंसिर, २०८१ शनिबार

12:07:03 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सेयर बजार १४.३७ अंकले बढ्यो

Nepal Business

११ जेठ, २०७९

सेयर बजार बढ्दा १ अर्ब ४ करोड ४६ लाख २६ हजार ९३९ रुपैयाँको कारोबार भएको

सेयर बजार १४.३७ अंकले बढ्यो

काठमाण्डौं । सेयर बजार बुधबार बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुससार सेयर बजार १४.३७ अंकले बढेर नेप्से परिसूचक २२ सय ३२.५७ विन्दुमा पुगेको छ । 

सेयर बजार बढ्दा १ अर्ब ४ करोड ४६ लाख २६ हजार ९३९ रुपैयाँको कारोबार भएको छ भने २६ लाख ९४ हजार ४२९ कित्ता सेयर किनबेच भएका छन् ।

यस्तै सबै उपसमुहहरु बढेका छन् । सबैभन्दा बढि टे«डिङ १.५३ प्रतिशतले बढेको छ । 

कम्पनीतर्फ बलेफी हाइड्रोपावर लिमिटेड ५.९२ प्रतिशत, मैलुङ खोला जलविद्युत कम्पनी ५.८४ प्रतिशत र सिंगटी हाएड्रो इनर्जी लिमिटेड ५.३३ प्रतिशत बढेका छन् ।