८ मंसिर, २०८१ शनिबार
12:40:19 AM
११ जेठ, २०७९
बुधबार अपर तामाकोशीको सर्वाधिक कारोबार भएको छ ।
काठमाडौं । साताको चौथो कारोबारको दिन बुधबार सेयरबजारमा हरियाली छाएको छ । अघिल्लो दिन मंगलबार दोहोरो अंकले बढेको सेयरबजार बुधबार १४.३७ अंकले बढेको छ । निरन्तर बजार घटेर निराश बनिरहेका लगानीकर्ताहरुमा मंगलबार र बुधबार सेयर बजारमा सुधार देखिएसँगै केही उत्साह थपिएको छ । अब बजार लयमा फर्किन लागेको संकेत देखिएको भन्दै लगानीकर्ताहरु हर्सित भएका छन् ।
बुधबार २२६ कम्पनीको २६ लाख ९४ हजार ४२९ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ४ करोड ४६ लाख २६ हजार ९३९ रुपैयाँको कारोबार भएको छ । बुधबार अपर तामाकोशीको सर्वाधिक कारोबार भएको छ । यसदिन कम्पनीको ८ करोड ३४ लाख ८ हजार ७४७ रुपैयाँको कारोबार भएको हो ।
त्यस्तै, बुधबार अरुण काबेली हाइड्रोपावरको ४ करोड ७१ लाख रुपैयाँ, नबिल बैंकको ३ करोड ४४ लाख, अरुण भ्याली हाइड्रोपावरको २ करोड ८८ लाख र अपि पावरको २ करोड ५६ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।