८ मंसिर, २०८१ शनिबार

12:33:32 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

२ कम्पनीले आईपीओ निष्कासन गर्न बोर्डबाट पायो अनुमति, कुनको कति कित्ता ?

११ जेठ, २०७९

आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेड र राप्ती हाइड्रो एण्ड जनरल कन्सर्टक्सन लिमिटेडले आईपीओ निष्कासन गर्न अनुमति पाएका हुन् ।

२ कम्पनीले आईपीओ निष्कासन गर्न बोर्डबाट पायो अनुमति, कुनको कति कित्ता  ?

काठमाडौं । नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट विभिन्न २ वटा कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्न  अनुमति पाएका छन् । धितोपत्र बोर्डबाट आईपीओ निष्काशन गर्न आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेड र राप्ती हाइड्रो एण्ड जनरल कन्सर्टक्सन लिमिटेडले अनुमति पाएका हुन् ।

आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेड

आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ६० लाख रूपैयाँ बराबरको ६० हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्न असोज २० गते बोर्डमा निवेदन दिएको थियो । लघुवित्त कम्पनीलाई आईपीओ निष्काशन गर्न बोर्डले हिजो (जेठ १० गते, मंगलबार) अनुमति दिइएको हो । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट रहेको छ ।

राप्ती हाइड्रो एण्ड जनरल कन्सर्टक्सन लिमिटेड

राप्ती हाइड्रो एण्ड जनरल कन्सर्टक्सन लिमिटेडले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणहरूका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २९ करोड ४१ लाख ४१ हजार बराबरको २९ लाख ४१ हजार ४ सय १० कित्ता आईपीओ निष्कासन गर्न गत भदौ ८ गते, बोर्डमा निवेदन दिएको थियो । बोर्डले कम्पनीलाई आईपीओ निष्काशनको लागि हिजो (जेठ १० गते, मंगलबार) अनुमति दिइएको हो । कम्पनीको आईपीओमा निष्कासन तथा बिक्री प्रबन्धकमा  मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।