८ मंसिर, २०८१ शनिबार

12:40:41 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सेयर बजारमा हरियाली, १६.३२ अंकले बढ्यो

Nepal Business

१० जेठ, २०७९

सेयर बजार बढ्दा १ अर्ब ८ करोड ८८ लाख ३३ हजार ५४२ रुपैयाँको कारोबार भएको

सेयर बजारमा हरियाली, १६.३२ अंकले बढ्यो

काठमाण्डौं । कारोबारको दोस्रो दिन मंगलबार सेयर बजारमा सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार सेयर बजार १६.३२ अंकले बढेर नेप्से परिसूचक २२१७.१९ विन्दुमा पुगेको छ । 

सेयर बजार बढ्दा १ अर्ब ८ करोड ८८ लाख ३३ हजार ५४२ रुपैयाँको कारोबार भएको छ भने ३१ लाख ७३० कित्ता सेयर किनबेच भएका छन् । 

यस्तै मंगलबार टे«डिङ उपसमुह ०.१७ प्रतिशत र म्युचल फण्ड उपसमुह ०.२५ प्रतिशतले घटेका छन् भने बाँकी उपसमुह बढेको छ ।

बयस्तै कम्पनीतर्फ लक्ष्मी लघुवित्त वित्तीय संस्था ५.९५ प्रतिशत, अप्पर तामाकोशी हाइड्रोपावर कम्पनी ५.५८ प्रतिशत र विजय लघुवित्त वित्तीय संस्था ४.३८ प्रतिशतले बढेका छन् ।