८ मंसिर, २०८१ शनिबार
01:00:12 AM
१० जेठ, २०७९
मंगलबार एनआईसी एशिया लघुवित्त प्रोमोटर सेयरको सर्वाधिक कारोबार भएको छ ।
काठमाडौं । केही दिन यता देखि निरन्तर घटिरहेको नेप्सेमा आज (मंगलबार) केही सुधार आएको छ । मंगलबार नेप्से १६.३२ अकंले बढेर २२१७.१९ बिन्दुमा बन्द भएको छ । अघिल्लो दिन अर्थात सोमबार नेप्से ३४.२१ अकंले घटेर २२००.८८ बिन्दमा बन्द भएको थियो ।
मंगलबार २२४ कम्पनीको ३१ लाख ७३० कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ८ करोड ८८ लाख ३३ हजार ५४१ रुपैयाँको कारोबार भएको छ । मंगलबार एनआईसी एशिया लघुवित्त प्रोमोटर सेयरको सर्वाधिक कारोबार भएको छ । मंगलबार कम्पनीको ४ करोड ८४ लाख ८० हजार रुपैयाँको कारोबार भएको हो ।
त्यस्तै, अप्पर तामाकोशी हाइड्रोपावरको ४ करोड ६३ लाख १४ हजार रुपैयाँ, अरुण काबेली पावरको ४ करोड ४९ लाख ३३ हजार रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको ३ करोड ८१ लाख ५७ हजार रुपैयाँ र नबिल बैंकको ३ करोड २ लाख ३८ हजार रुपैयाँको कारोबार भएको हो ।