८ मंसिर, २०८१ शनिबार

06:58:03 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

हकप्रद निष्कासनको प्रस्तावसहित जनरल इन्स्योरेन्सले बोलायो साधारण सभा, बुकक्लोज कहिले ?

१० जेठ, २०७९

कम्पनीले साधारण सभा प्रयोजनका लागि जेठ १९ गते बुकक्लोज गर्ने निर्णय गरेको छ ।

हकप्रद निष्कासनको प्रस्तावसहित जनरल इन्स्योरेन्सले बोलायो साधारण सभा, बुकक्लोज कहिले ?

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीले वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको चौँथो वार्षिक साधारण सभा जेठ ३१ गते बोलाइएको हो । उक्त सभा अमृतभोग, कालिकास्थान, डिल्लीबजार, काठमाडौँमा बिहान ११ बजेदेखि सुरू हुनेछ ।

सभामा कम्पनीको सञ्चालक समितीको बैठकले गरेको निर्णय अनुसार चुक्ता पूँजीको ३० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने  प्रस्ताव पारित गरिनेछ । साथै सभाले कम्पनीको अधिकृत पुँजी, चुक्तापुँजी र जारी पुँजी वृद्धि गर्नेसम्बन्धी विशेष प्रस्ताव अनुमोदन गर्ने, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदनलगायतका प्रस्तावहरु पारित गर्ने छ ।

कम्पनीले साधारण सभा प्रयोजनका लागि जेठ १९ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, जेठ १८ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरूले मात्र साधारण सभामा सहभागि हुन पाउँनेछन् ।