८ मंसिर, २०८१ शनिबार
06:58:49 PM
१० जेठ, २०७९
सेयर बाँडफाँडमा नपरेको सेयर बापतको रकम फिर्ता भुक्तानी जेठ १६ गतेदेखि बोलपत्रवालाले आफ्नो बोलपत्र फारममा उल्लेख गरेको बैंक तथा वित्तीय संस्थाको खातामा रकमान्तर गरिने
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको अवितरित हकप्रद सेयर बाँडफाँड गरिएको छ । कम्पनीले बैशाख १९ गतेबाट बैशाख २७ गतेसम्म लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको अवितरित हकप्रद सेयर बाँडफाँड भएको हो ।
उक्त अवधिभित्र प्राप्त शिलबन्दी बोलपत्रहरू जेठ ५ गते बिक्री प्रबन्धकको रहोबरमा खोली जेठ ९ गतेका दिन निष्कासनकर्ता कम्पनीको सञ्चालक समितिको बैठकले बाँडफाँड गरेको हो ।
सेयर बाँडफाँडमा नपरेको सेयर बापतको रकम फिर्ता भुक्तानी जेठ १६ गतेदेखि बोलपत्रवालाले आफ्नो बोलपत्र फारममा उल्लेख गरेको बैंक तथा वित्तीय संस्थाको खातामा रकमान्तर गरिने कम्पनीले जनाएको छ ।