८ मंसिर, २०८१ शनिबार

12:25:45 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रि ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से

१० जेठ, २०७९

सेयर बजार दिनप्रतिदिन घटेर निराश बनिरहेका लगानिकर्ताहरुलाई मंगलबारको बजार कतातिर जाला भन्ने चासोको बिषय बनेको छ ।

प्रि ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से

काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अकंले बढेको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार ३४.२१ अंकले घटेर २२००.८८ विन्दुमा बन्द भएको नेप्से, मंगलबार सो सेसनमा २.२६ अंक बढेर २२०३.१४ विन्दुमा पुगेको छ।

मंगलबार प्रि ओपन सेसनमा ४२ हजार ७११ रुपैयाँ बराबरको ११० कित्ता सेयर खरिदबिक्री भएको छ। सेयर बजार दिनप्रतिदिन घटेर निराश बनिरहेका लगानिकर्ताहरुलाई मंगलबारको बजार कतातिर जाला भन्ने चासोको बिषय बनेको छ ।