८ मंसिर, २०८१ शनिबार
12:28:00 AM
१० जेठ, २०७९
लगानीकर्ताले उक्त आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् ।
काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले आज (मंगलबार) देखि आइपीओ निष्काशन गरेको छ । कम्पनीले आयोजना प्रभावित संखुवासभा जिल्लाका स्थानीय बासिन्दाका लागि आइपीओ निष्काशन गरेको हो ।
कम्पनीले ५ करोड रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरका ५ लाख कित्ता साधारण सेयर निष्काशन गरेको हो । लगानीकर्ताले उक्त आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् ।निष्काशन बन्द छिटोमा जेठ २४ गते हुनेछ भने सो अवधिसम्म आवेदन नपरेमा आवेदन दिने म्याद असार ८ गतेसम्म लम्बिनेछ।
आइपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपाले कम्पनीलाई केयरएनपी डबल बी आईएस रेटिङ्ग प्रदान गरेको छ। यसले दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ।
लगानीकर्ताले बिक्री प्रवन्धसँगै प्रभु बैंकको खाँदबारी शाखा, ग्लोबल आइएमई बैंकको चैनपुर शाखा, सिद्धार्थ बैंकको खाँदबारी शाखा, प्राइम कमर्सियल बैंकको खाँदबारी, तुम्लिङटार, सभापोखरी शाखा र नेपाल बङ्गलादेश बैंकको पाँचखपन शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।
यसका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट पनि आवेदन दिन सक्नेछन्।