८ मंसिर, २०८१ शनिबार

12:39:05 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

रिभर फल्स पावरको आईपीओ बाँडफाँड सम्पन्न, यसरी हेर्नुहोस् रिजल्ट

९ जेठ, २०७९

भाग्यमानी २ लाख ५३ हजार ८ सय ९० जना लगानीकर्ताले १० कित्ता सेयर प्राप्त गरेका छन् ।

रिभर फल्स पावरको आईपीओ बाँडफाँड सम्पन्न, यसरी हेर्नुहोस् रिजल्ट

काठमाडौं । रिभर फल्स पावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँड सोमबार सम्पन्न भएको छ । कम्पनीले वैशाख २८ गतेदेखि जेठ ४ गतेसम्म सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुल्ला गरेको साधारण सेयर (आईपीओ) को बाँडफाँड आज (सोमबार) सम्पन्न भएको हो। आईपीओ बाँडफाँड प्रभु क्यापिटको कार्यालय, कमलादी, काठमाडौँमा सम्पन्न भएको हो ।

कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेको हुनाले आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड गरिएको थियो । अन्तिम दिनसम्ममा १८ लाख ५९ हजार २ सय ४२ जना लगानीकर्ताहरूले २ करोड १३ लाख ९४ हजार ६ सय ३० कित्ताका लागि आवेदन दिएका थिए । जसमध्ये, १८ लाख ५ हजार ४ सय ४० जनाको आवेदन सदर भएको थियो ।   गोलाप्रथाबाट आईपीओ बाँडफाँड गर्दा भाग्यमानी २ लाख ५३ हजार ८ सय ९० जना लगानीकर्ताले १० कित्ता सेयर प्राप्त गरेका छन् ।

यसरी हेर्न सकिन्छ रिजल्ट

आईपीओ बाँडफाँडको काम सम्पन्न भईसकेकोले आईपीओको अन्तिम नतिजा केहीबेरमा सार्वजनिक गरिने क्यापिटलले जनाएको छ।कम्पनीको आईपीओ रिजल्ट यी नजिता ४ तरिकाबाट हेर्न सकिन्छ ।बिक्री प्रबन्धक प्रभु क्यापिटलको वेवसाइट https://www.prabhucapital.com/,

सिडिएसीको मेरो शेयरको वेभसाइट meroshare.cdsc.com.np/#/login, सिडिएसीले आईपीओको रिजल्ट हेर्न सञ्चालनमा ल्याएको वेभसाइट https://iporesult.cdsc.com.np/, र रिभर फल्स पावरको वेभसाइट https://www.riverfallshydro.com.np/ बाट पनि हेर्न सकिन्छ ।