१६ बैशाख, २०८१ आइतबार

03:27:11 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

ललिता निवास जग्गा प्रकरण : १२० जना विरुद्ध पक्राउ पुर्जी

१६ पुस, २०७८

ललिता निवास जग्गा प्रकरण : १२० जना विरुद्ध पक्राउ पुर्जी

काठमाडौँ, १६ पुस । ललिता निवास जग्गा हिनामिना गरेको अभियोगमा काठमाडौँ जिल्ला अदालतले १२० जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

गत आइतबार यता पहिलो पटक ७७ जना, त्यसपछि ४५ जना र आज आठ जना विरुद्ध पक्राउ पूर्जी जारी गरिएको उक्त अदालतका श्रेस्तेदार घनेन्द्र इटेनीले  जानकारी दिनुभयो । सरकारी जग्गा हिनामिना प्रकरणमा उच्च पदस्थ कर्मचारी, भूमाफिया तथा व्यापारीसमेत जोडिएका थिए । सो प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अध्ययन गरेको छ ।