८ मंसिर, २०८१ शनिबार

12:27:26 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सोमबार यी कम्पनीको भयो सर्वाधिक कारोबार

९ जेठ, २०७९

बजार घट्नुका साथै कारोबार रकममा कमि आएको बेला नबिल बैंकको शेयर खरिदबिक्री सर्वाधिक भएको छ ।

सोमबार यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साताको पहिलो कारोबारको दिन सोमबार सेयर बजार ३४.२१ अंकले घटेर नेप्से परिसूचक २२००.८८ विन्दुमा पुगेर बन्द भएको छ । सेयर बजार घट्दा १ अर्ब ३६ करोड ९५ लाख १३ हजार १९२ रुपैयाँको कारोबार भएको छ भने ३९ लाख १७ हजार ६५५ कित्ता सेयर किनबेच भएको छ ।

शुक्रबार नेप्से परिसूचक १५ अंकले घटेर बन्दभएको थियो थियो । शुक्रबार जम्मा ९३ करोडको मात्रै कारोबार भएको थियो । बजार घट्नुका साथै कारोबार रकममा कमि आएको बेला नबिल बैंकको शेयर खरिदबिक्री सर्वाधिक  भएको छ । सोमबार एकैदिन बैंकको ४ करोड १५ लाख ९ हजार २६५ रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै, सोमबार अरुण भ्याली हाइड्रोपावरको ३ करोड ८७ लाख २७ हजार रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड ८५ लाख ७३ हजार रुपैयाँ, सिटिजन इन्भेष्टमेन्ट ट्रस्टको ३ करोड ६४ लाख २६ हजार र हिमालयन डिस्टलरीको ३ करोड ५३ लाख ८३ हजार रुपैयाँको कारोबार भएको हो ।