८ मंसिर, २०८१ शनिबार
12:37:05 AM
९ जेठ, २०७९
सेयर बजार घट्दा १ अर्ब ३६ करोड ९५ लाख १३ हजार १९२ रुपैयाँको कारोबार भएको
काठमाण्डौं । सेयर कारोबारको पहिलो दिन सोमबार सेयर बजार घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार सेयर बजार ३४.२१ अंकले घटेर नेप्से परिसूचक २२००.८८ विन्दुमा पुगेर बन्द भएको छ ।
सेयर बजार घट्दा १ अर्ब ३६ करोड ९५ लाख १३ हजार १९२ रुपैयाँको कारोबार भएको छ भने ३९ लाख १७ हजार ६५५ कित्ता सेयर किनबेच भएका छन् ।
यस्तै सोमबार सबै उपसमुहहरु राताम्मे छन् । कम्पनीतर्फ भने गुराँस लघुवित्त वित्तीय संस्था ६.२० प्रतिशत, प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड ५.२६ प्रतिशत र लुम्बिनी जनरल इन्स्योरेन्स ४.०२ प्रतिशतले बढेका छन् ।