३ जेठ, २०८१ बिहिबार

08:44:32 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बीमा बोर्डले गर्यो देशभर १ अर्बभन्दा बढि दावी भुक्तानी, कुन प्रदेशमा कति ?

Nepal Business

९ जेठ, २०७९

बीमा वापतको १ अर्ब १८ करोड २ लाख रुपैयाँ दावी भुक्तानी

बीमा बोर्डले गर्यो देशभर १ अर्बभन्दा बढि दावी भुक्तानी, कुन प्रदेशमा कति ?

काठमाण्डौं । स्वास्थ्य बीमा बोर्डले देशभर १ अर्बभन्दा बढि दावी भुक्तानी गरेको छ । स्वास्थ्य बीमा बोर्डले सरकारी स्वास्थ्य बीमाको पहुँच पुगेका विभिन्न प्राथमिक स्वास्थ्य केन्द्र, जिल्ला अस्पताल र सामुदायिक अस्पतालहरुमा बीमा वापतको १ अर्ब १८ करोड २ लाख रुपैयाँ दावी भुक्तानी गरेको हो ।

कुन प्रदेशमा कति भुक्तानी ? 

प्रदेश १ 

बोर्डले सबैभन्दा बढि प्रदेश नम्बर १ मा ५७ करोड २ लाख ६१ हजार रुपैयाँ दावी भुक्तानी गरेको छ । बोर्डका अनुसार बीमा वापत सबैभन्दा बढि दावी भुक्तानी प्रदेश १ मा गरिएको छ।  हालसम्म १७ लाख ९३ हजार ११० जनाले स्वास्थ्य बीमा गरेका छन् । जसमा  १८ लाख ११ हजार ५५० परिवार आवद्ध रहेका बोर्डले जनाएको छ। 

प्रदेश २ 

मधेश प्रदेशमा स्वास्थ्य बीमाको पहुँच पुगेका ६१ वटा अस्पतालमा १ करोड ८१ लाख ७१ हजार रुपैयाँ बराबरको दावी भुक्तानी गरिएको छ । मधेश प्रदेशमा ३ लाख ५२ हजार ९४७ जनाले स्वास्थ्य बीमा गरेका छन् । हालसम्म उक्त प्रदेशका १ लाख ५३ हजार ८६७ परिवार स्वास्थ्य बीमामा आवद्ध रहेका छन् । 

बागमति प्रदेश

बागमती प्रदेशका ८२ वटा अस्पतालमा २९ करोड ६५ लाख ६६ हजार रुपैयाँ दावी भुक्तानी भएको छ । सो प्रदेशमा ११ लाख १० हजार ८०६ जनाले स्वास्थय बीमा गरेका छन् भने ३ लाख ३१ हजार ८२ परिवार बीमामा आवद्ध रहेका छन् । 

गण्डकी प्रदेश
गण्डकी प्रदेश अन्तर्गत स्वास्थ्य बीमाको पहुँच पुगेका ५३ वटा अस्पतालमा १२ करोड ४५ लाख ७६ हजार रुपैयाँ बराबरको बीमा दावी भुक्तानी भएको तथ्यांकमा उल्लेख छ । गण्डकी प्रदेशमा ६ लाख ८० हजार ७४८ जनाले स्वास्थ्य बीमा गरेका छन् । बीमामा आवद्ध रहेका परिवारको संख्या २ लाख ४८ हजार ६६० रहेको छ । 

लुम्बिनी प्रदेश

बीमाको पहुँच पुगेका लुम्बिनी प्रदेशका ६३ वटा अस्पतालमा १२ करोड ९४ लाख ५१ हजार रुपैयाँ बराबरको बीमा दावी भुक्तानी भएको छ । लुम्बिनी प्रदेशमा ८ लाख ५८ हजार ६१५ जनाले स्वास्थ्य बीमा गरेका छन् भने २ लाख ८३ हजार ८५३ परिवार बीमामा आवद्ध रहेका छन् । 

कर्णाली प्रदेश

बीमाको पहुँच पुगेका कर्णाली प्रदेशका ३२ अस्पतालमा १ करोड ९९ लाख ७९ हजार रुपैयाँ दावी भुक्तानी भएको छ । उक्त प्रदेशमा ३ लाख १७  हजार ८०६ जनाले स्वास्थ्य बीमा गरेका छन् । हालसम्म कर्णाली प्रदेशका ९० हजार ३५२ परिवार स्वास्थ्य बीमामा आवद्ध रहेको तथ्यांकमा उल्लेख छ ।

सुदुरपश्चिम प्रदेश

सुदुरपश्चिम प्रदेशका विभिन्न प्राथमिक स्वास्थ्य केन्द्र, जिल्ला अस्पताल र सामुदायिक अस्पतालहरुमा ३६ अस्पतालमा २ करोड १२ लाख २० हजार रुपैयाँ बराबरको बीमा दावी भुक्तानी भएको छ । यस अवधिमा सुदूरपश्चिम प्रदेशमा ४ लाख ५० हजार ४६५ जनाले सवस्थ बीमा गरेका छन् । हालसम्म उक्त प्रदेशमा एक लाख ५५ हजार २७० परिवार स्वास्थ्य बीमामा आवद्ध रहेका छन् ।

देशभर स्वास्थ्य बीमा गर्नेहरुको संख्या ५५ लाख ६४ हजार ५२९ नाघेको छ ।