७ मंसिर, २०८१ शुक्रबार

08:11:52 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

रिभर फल्स पावरको आईपीओ आज बाँडफाँड हुँदै

९ जेठ, २०७९

। कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाबाट बाँडफाँट गरिने छ ।

रिभर फल्स पावरको आईपीओ आज बाँडफाँड हुँदै

काठमाडौं । रिभर फल्स पावरको आईपीओ आज (सोमबार) बाँडफाँड हुँदैछ । कम्पनीको आईपीओ आज (सोमबार) दिउँसो ४ बजे बाँडफाँड हुने कम्पनीको बिक्रि प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ।

कम्पनीले बैशाख २८ गतेदेखि जेठ ४ गतेसम्म सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका २७ लाख ३० हजार कित्ता आईपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो ।

जसमध्ये २ प्रतिशत अर्थात ५४ हजार ६ सय कित्ता शेयर कर्मचारीका लागि, ५ प्रतिशत अर्थात १ लाख ३६ हजार ५ सय कित्ता शेयर सामूहिक लगानी कोषका लागि र बाँकी २५ लाख ३८ हजार ९ सय कित्ता सर्वसाधारणका लागि छुट्याइएको थियो ।

कम्पनीको आईपीओमा अन्तिम दिनसम्म १८ लाख ५० हजार २७७ जना आवेदकले २ करोड १२ लाख ५९ हजार ५७० कित्ता सेयरका लागि २ अर्ब १२ करोड ५९ लाख ५७ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाबाट बाँडफाँट गरिने छ ।