८ मंसिर, २०८१ शनिबार

06:59:33 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

जनरल इन्स्योरेन्सले ३० प्रतिशत हकप्रद जारी गर्ने

९ जेठ, २०७९

बीमा समितिको स्वीकृतिपछि कम्पनीले हकप्रद निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा प्रक्रिया अगाडि बढाउने

जनरल इन्स्योरेन्सले ३० प्रतिशत हकप्रद जारी गर्ने

काठमाडौं ।  जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद सेयर निष्काशन गर्ने भएको छ ।

इन्स्योरेन्स कम्पनीको गत जेठ ६ गते बसेको सञ्चालक समितिको बैठकले आफ्ना सेयरधनीहरुलाई हकप्रद सेयर जारी गर्ने निर्णय हो। कम्पनीले बीमा समितिबाट स्वीकृती लिई चुक्तापुँजीको ३० प्रतिशत हकप्रद सेयर जारी गर्ने छ।

बीमा समितिको स्वीकृतिपछि कम्पनीले हकप्रद निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा प्रक्रिया अगाडि बढाउनेछ । हाल कम्पनीकाे चुक्ता पूँजी १ अर्ब रहेकाे छ । हकप्रद निष्कासनपछि कम्पनीकाे चुक्ता पूँजी १ अर्ब ३० कराेड पुग्नेछ ।