७ मंसिर, २०८१ शुक्रबार
08:55:09 AM
८ जेठ, २०७९
आयल निगमले नोक्सानी बढेको भन्दै इन्धनको मूल्य बढाएको जनाएको छ ।
काठमाडौँ
नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १० रुपैयाँले मूल्य बढाएको हो ।
अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १६३ रुपैयाँ पुगेको छ । आज रातीदेखि उक्त मूल्य लागू हुने छ ।
अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १६३ रुपैयाँ पुगेको छ । आज रातीदेखि उक्त मूल्य लागू हुने छ ।
यसपाली भने खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २ सय रुपैयाा बढाइएको छ । अब ग्यासको भाउ प्रतिसिलिण्डर १८ सय पुगेको छ । आयल निगमले नोक्सानी बढेको भन्दै इन्धनको मूल्य बढाएको जनाएको छ ।