७ मंसिर, २०८१ शुक्रबार
09:36:06 AM
८ जेठ, २०७९
ग्यासँमा अनुदान दिनुभन्दा विद्युतमा अनुदान दिनु राम्रो हुने
काठमाडौं ।
सरकारका विभागीय मन्त्री उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले सधैँ ग्याँसमा अनुदान दिन नसकिने बताउनुभएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघको एक कार्यक्रममा उहाँले त्यसको सट्टा विद्युतको प्रयोगमा अनुदान दिने विषयमा सरकारले गृहकार्य गरिरहेको जानकारी दिनुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघको एक कार्यक्रममा उहाँले त्यसको सट्टा विद्युतको प्रयोगमा अनुदान दिने विषयमा सरकारले गृहकार्य गरिरहेको जानकारी दिनुभयो ।
पेट्रोलियम पदार्थको मूल्य बढ्दै जाने र सधैं सरकारले अनुदान दिने भन्ने नहुने बताउँदै उहाँले ग्यासँमा अनुदान दिनुभन्दा विद्युतमा अनुदान दिनु राम्रो हुने बताउनुभयो ।
हाल निगमको घाटा २३ अर्ब रुपैयाँ पुगिसकेको भन्दै स्वचालित मूल्य प्रणाली कार्यान्वयन नभए निगमको आर्थिक अवस्था नाजुक बन्दै जाने बताए ।