३ जेठ, २०८१ बिहिबार

09:14:16 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

देशभर स्वास्थ्य बीमा गर्नेको संख्या ५५ लाखभन्दा बढि, कुन प्रदेशमा कति ?

Nepal Business

८ जेठ, २०७९

लक्षित समूहहरूमध्ये बीमा गर्नेको संख्या १७ लाख १४ हजार ६२ रहेको

देशभर स्वास्थ्य बीमा गर्नेको संख्या ५५ लाखभन्दा बढि,  कुन प्रदेशमा कति ?

काठमाण्डौं । देशभर स्वास्थ्य बीमा गर्नेहरुको जमात बढ्दै गइरहेको छ । स्वास्थ्य बीमा बोर्डको तथ्यांक अनुसार सातै प्रदेशमा स्वास्थ्य बीमा गर्नेहरुको संख्या ५५ लाख ६४ हजार ५२९ पुगेको हो ।

स्वास्थ्य बीमा गर्नेमा पुरुषको तुलनामा महिलाको संख्या बढि छ । स्वास्थ्य बीमा गर्नेे महिलाहरूको संख्या २८ लाख ७३ हजार ९७१ रहेको छ भने पुरुषको संख्या २६ लाख ८९ हजार ८८७ रहेको बोर्डको तथ्यांकमा उल्लेख छ । 

बीमा गर्ने अन्यमा ६७१ जना रहेका बोर्डले जनाएको  छ । लक्षित समूहहरूमध्ये बीमा गर्नेको संख्या १७ लाख १४ हजार ६२ रहेको छ ।

लक्षित समूहमा गरिब विपन्न, ज्येष्ठ नागरिक, अपाङ्ग, एचआइभी संक्रमित, क्यान्सर पीडित, कुष्ठरोगी र राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेवीहरु रहेका छन् ।

यस अवधिमा बीमा गर्ने सर्वसाधारणको संख्या ९ लाख १२ हजार ८८९, अशंक्तहरुको संख्या २३ हजार ४५८, राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेवीहरूको संख्या ७९ हजार ३९०, एचआइभी संक्रमितको संख्या १३ हजार ६४६, कुष्ठरोगीको संख्या दुई हजार ८३२ र गरिब तथा विपन्नहरूको संख्या ९४४ रहेको छ ।  जसमध्ये बीमा गर्नेहरूमा ज्येष्ठ नागरिकको संख्या छ लाख ५८ हजार ७९१ रहेको छ । 

सरकारले स्वास्थ्य बीमा बोर्ड गठन गरी बीमा कार्यक्रम देशभर सञ्चालन गरिरहेको छ । 

कुन प्रदेशमा कति ?

हाल ७७ वटै जिल्लाहरूमा स्वास्थ्य बीमा लागु भएको छ । प्रदेश १ मा स्वास्थ्य बीमा गर्नेहरूको संख्या १७ लाख ९३ हजार ११० रहेको छ । अन्य प्रदेशको तुलनामा यो संख्या सबैभन्दा बढी हो । 

प्रदेश नम्बर २ मा ३ लाख ५२ हजार ९४७ जना, बाग्मती प्रदेशमा ११ लाख १० हजार ८०६ जना, गण्डकी प्रदेशमा ६ लाख ८० हजार ७४८ जना रहेका छन् ।  

यस्तै लुम्बिनी प्रदेशमा ८ लाख ५८ हजार ६१५ जना, कर्णाली प्रदेशमा ३ लाख १७  हजार ८०६ जना र सुदूरपश्चिम प्रदेशमा ४ लाख ५० हजार ४६५ जना रहेको बोर्डको तथ्यांकमा उल्लेख छ ।